काठमाडौँ :
भारतको महाराष्ट्र राज्य अन्तर्गत बारामती क्षेत्रमा बुधबार बिहान निजि विमान दुर्घटनामा परेको छ । अवतरणको क्रममा विमान बाहिर चिप्लिँदा दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा महााराष्ट्रका उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएका छन् । उनी राजनीतिक कार्यक्रममा सहभागी हुन सो क्षेत्रमा पुगेका थिए ।

विमानमा उनका निजी सहयोगी, सुरक्षाकर्मी र चालक दलका सदस्यहरु पनि सवार थिए । सबै घाइतेहरुलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएको प्रशासनले जनाएको छ ।

घटनास्थलबाट आएको जानकारी अनुसार विमानमा आगो लागेको र केही भाग क्षेतिग्रस्त भएको छ । प्रविधिक समस्या, मौसम वा अवतरण प्रक्रियामा त्रुटि दुर्घटनाको कारण हुन सक्ने अनुमान गरिएको छ ।

स्थानीय प्रशासन, उद्धार टोली र स्वास्थ्यकर्मीहरुले घाइतेहरुको उपचार तत्काल सहयोग पुर्याएका छन् । अनुसन्धान जारी रहेको छ ।